पूर्व राजा ज्ञानेन्द्रले युपीका मुख्यमन्त्री योगी भेटे


काठमाडौँ : पूर्वराजा ज्ञानेन्द्र शाहले उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथसँग भेट गरेका छन् ।
भेटका क्रममा मुख्यमन्त्री आदित्यनाथले उपहारस्वरुप पूर्वराजा ज्ञानेन्द्रलाई अंग वस्त्र र कुम्भको लोगो प्रदान गरेका छन् ।
पूर्व राजा शाह आइतबार लखनऊ पुगेका थिए। उनी बिहान पत्नी कोमल, छोरी प्रेरणा, बहिनी शोभा शाही र उनका पति मोहन शाही लखनऊ गएका थिए।
पूर्व राजा शाहसँग भेटपछिको तस्बिर राख्दै मुख्य मन्त्री योगीले ट्वीट समेत गरेका छन्। उनीहरुबीच भेटमा के कुराकानी भयो त्यो भने ट्वीटमा खुलाइएको छैन। ट्वीटमा लेखिएको छ (आज लखनऊस्थित सरकारी आवासमा नेपालका पूर्व राजासँग भेट भयो। उहाँलाई दोसल्ला र कुम्भको लोगो भेट गरें।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?