प्रधान न्यायाधीश विरुद्ध डा. के.सी. अनसनमा


काठमाडौंः सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा डा. शशि शर्मालाई बहाली गर्न दिएको निर्णयविरुद्ध डा. गोविन्द केसी फेरि आमरण अनसनमा बसेका छन्। प्रधानन्यायाधीश गोपाल पराजुलीको बर्खास्तगी माग राखेर डा. केसी सोमबार दिउँसो पत्रकार सम्‍मेलन गरी आज ४ बजेबाट अनसन बस्ने भएका छन् । माफियासँग न्यायको किनबेच गरेको न्यायालयका प्रधान न्यायाधीश गोपाल पराजुली विरुद्ध अनसन बसेको छु,’ डा. केसीले पत्रकार सम्मेलनमा भने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?