चाडपर्वबाट राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो हुने: महामन्त्री कोइराला


नवलपरासी: नेपाली काँग्रेसका महामन्त्री डा शशांक कोइरालाले हरेक जातजाती, भाषा र संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता र सामाजिक सद्भाव बलियो बन्ने बताउनुभएको छ ।
थारु जातीको माघी पर्वका अवसरमा नवलपरासीको (बर्दघाट सुस्ता पूर्व) नवलपुरको देवचुलीमा भएको बृहत् दोस्रो खिचडी कार्यक्रममा शनिबार महामन्त्री डा कोइरालाले यस्ता चाडपर्वले नेपालीबीचको एकतालाई अझ मजबुत बनाउने विचार व्यक्त गर्नुभयो ।
यस क्षेत्रका प्रतिनिधिसभा सदस्यसमेत रहनुभएका डा कोइरालाले एउटा जाती, भाषा, संस्कृतिको संरक्षणले मात्रै राष्ट्रिय एकता बलियो नबन्ने भन्दै सबैको संरक्षण र प्रवद्र्धन गर्न आवश्यक रहेको बताउनुभयो ।
कार्यक्रममा उद्योगपति विनोद चौधरीले इमान्दार, कर्मठ र लगनशील थारु समुदायलाई राज्यले उचित स्थान दिन नसकेको बताउनुभयो । उहाँले रोजगारका माध्यमबाट थारु समुदायलाई बलियो बनाउनुपर्नेमा जोड दिनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?