जनकपुर उद्योग संघको अध्यक्षमा साह


जनकपुरधाम: जनकपुर उद्योग संघको अध्यक्षमा ललितकुमार साह एक हजार ५३९ मत प्राप्त गरी विजयी हुनुभएको छ । उहाँका निकटतम प्रतिद्वन्द्वी पवन ठाकुरले ४३५ मत प्राप्त गर्नुभएको छ ।
संघको वरिष्ठ उपाध्यक्षमा जितेन्द्रप्रसाद साह एक हजार १३३ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँका निकटतम प्रतिद्वन्द्वी विजय साहले ८४६ मत प्राप्त गर्नुभएको छ ।
यसैगरी उपाध्यक्षमा सुरेन्द्रकुमार भण्डारी ९८९ मत प्राप्त गरी विजयी हुनुभएको छ भने उहाँको निकटतम प्रतिद्वन्द्वीमा विजय साहले ७०३ मत प्राप्त गर्नुभएको छ ।
त्यस्तै महिला उपाध्यक्षमा दीपिका राय निर्विरोध निर्वाचित हुनुभएको छ ।संघको महासचिवमा जितेन्द्रकुमार महासेठले ९५३ मत, सचिवमा विकास साहले ५९४ मत र कोषाध्यक्षमा अशोककुमार चौधरीले ९९६ मत, प्राप्त गरी विजयी हुनुभएको छ । महिला सदस्यमा आशाकुमारी यादव र एशोसिएटमा राजीवकुमार साह निर्विरोध निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?