पुज्डेमोनको विदेशबाट शासन गर्ने चाहना विपरित स्पेनी उच्च अदालत


म्याड्रिड, स्पेन: वेल्जियममा शरणार्थी जीवन विताइरहेका क्याटलोनियाका पृथकतावादी नेता काल्र्स पुज्डेमोनको विदेशबाटै क्याटलोनियालाई नेतृत्व दिने चाहनालाई स्पेनको उच्च अदालतले अस्वीकार गरेको छ ।
पुज्डेमोनले विदेशमा रहेर क्याटलोनियामाथि शासन गर्न नसक्ने भन्दै स्पेनको अदालतले भनेको छ, “विदेशमा रहेर शासन गर्ने परिकल्पना स्पेनी कानूनले प्रत्याभूत नगरेको बताएको छ ।”
गत अक्टोबरमा क्याटलोनियाली संसदले क्याटलोनिया स्पेनबाट स्वतन्त्र भएको घोषणासँगै वेल्जियममा शरण लिन पुगेका पुज्डमोनको दलका नेता तथा उहाँका निकट सहयोगी जोसेफ रूलले भने आफ्ना नेता (पुज्डेमोन) ले स्पेनको सर्वोच्च अदालतसमक्ष पुज्डमोनले क्याटलोनियाली संसदमा आगामी मङ्गलबार नेतृत्वका लागि हुने मतदान प्रक्रियामा वहस गर्न र मतदान गर्न पाउनका लागि अनुमति माग्ने क्याटलान रेडियोलाई बताउनुभयो ।
क्षेत्रीय संसदले सन् २०१७ को अक्टोबर १ मा भएको जनमत सङ्ग्रहको जनमत अनुसार अक्टोबर २७ गते क्याटलोनियालाई स्पेनबाट स्वतन्त्र भएको घोषणा गरेको थियो । जनमतङ्ग्रहलाई स्पेनले मान्यता दिएको थिएन ।
तर यस लगत्तै स्पेनको केन्द्र सरकारले क्याटलोनियाली संसद तथा क्षेत्रीय सरकारलाई भङ्ग गर्दै उक्त क्षेत्रमा केन्द्र सरकारको प्रत्यक्ष शासन शुरु गरेको थियो ।
क्याटलोनियाको स्वतन्त्रताको पक्षमा केन्द्रसरकारसँग छुट्टिएको घोषणा गरेका नेतामध्ये तीन नेताले केही समय पहिले अदालतमा आफ्नो रिहाईका लागि आग्रह गरेका थिए ।
क्याटलोनियाका पूर्व गृहमन्त्री जाओक्वीम फोर्न तथा नेताहरू जोर्दी सान्चेज, तथा स्वतन्त्रताका लागि सङ्घर्षमा खरो उत्रेका नागरिक समाजका प्रभावशाली अभियन्ता जोर्दी कुइसार्टले यहाँको जेलबाट आफ्नो रिहाईका लागि सर्वोच्च अदालतमा मुद्दा दायर गरेका थिए । सान्चेज र फोर्न गत महिना भएको क्याटलोनियाको क्षेत्रीय संसदको लागि भएको निर्वाचनबाट पुनः निर्वाचित नेता हुन् । (रासस/एएफ्पी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?