‘प्रधानमन्त्री जन औषधी योजना’ सहज जीवनयापनका लागि उपलब्धिमुलक: मोदी


नयाँ दिल्ली, भारत: ‘प्रधानमन्त्री जन औषधी योजना’ ले स्वास्थ्य सेवालाई सवै नागरिकले बहन गर्न सम्भव बनाएको र यो ‘सहज जीवनयापन’को एक आधार बनेको भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आइतबार बताउनुभएको छ ।
‘मन कि बात’ रेडियो कार्यक्रमको ४० औँ श्रृङ्खलामा बोल्नुहुँदै प्रधानमन्त्रीसँग मोदीले भन्नुभयो, “ प्रधानमन्त्री जन औषधी योजना अन्तर्गत औषधीलाई भारतमा प्रचलनमा रहेका ‘ब्रान्डेड’ औषधीमा ४० देखि ९० प्रतिशतसम्म सस्तो बनाउन सकिएको छ ।”
योजना अन्तर्गत भारतभर तीन हजार जन औषधी केन्द्र रहेका र यसबाट औषधीलाई ५० देखि ९० प्रतिशत सस्तोमा नागरिकसम्म पु¥याउन सकिएको उहाँले बताउनुभयो । “यसले स्वास्थ्य उपचारलाई सहज बनाएको र नागरिकहरू यसबाट उत्साहित बनेका छन्,” भारतीय प्रधानमन्त्री मोदीले भन्नुभयो ।
मिसोरबाट दर्शन नामका एक नागरिकले आफ्ना बाबुको उपचारका क्रममा धेरै खर्चिलो हुने गरेकोमा योजना ल्याइएपछि महिनाको ७५ प्रतिशतभन्दा बढी बचत भएको जसका कारण उपचार खर्च मासिक मात्रै छ हजारमा झरेको आफूलाई लेखेको भारतीय प्रधानमन्त्री मोदीले बताउनुुभयो । यद्यपि दर्शनलाई पहिले योजनाबारे थाहा नभएकोले धेरै खर्चिनुपरेकोमा पश्चाताप भएको प्रधानमन्त्रीलाई लेखेको उहाँले बताउनुभयो ।
भारतीय प्रधानमन्त्रीले उक्त सन्देश कार्यक्रममा राख्दा गर्दा धेरैलाई योजनाका बारेमा थाहा हुने भएको भन्दै यसलाई मन कि बातमा राखेको बताउनुभयो । योजना गरिब जनसमुदायलाई लक्षित गरि ल्याइएको बताउँदै मोदीले भन्नुभयो यसबाट स्वस्थ्य तथा समृद्ध भारतको परिकल्पना सम्भव देखेको बताउनुभयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?