भारतको नयाँ विदेश सचिवलाई चीनको बधाई


बेइजिङ: भारतको विदेश सचिवमा विजय केशव गोखले नियुक्त हुनुभएकोमा चीनको विदेश मन्त्रालयले बधाई ज्ञापन गरेको छ । चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता हुआ चुनयीङले बुधबार भन्नुभयो, “गोखले विदेश सचिवमा नियुक्त हुनुभएकोमा उहाँलाई बधाई ज्ञापन गर्न चाहन्छौं ।” उहाँले आगामी दिनमा भारत र चीनको आपसी सम्वन्ध अझ सक्रियताका साथ सुध्रिने विश्वास व्यक्त गर्नुभएको छ ।
“शान्तिपूर्ण सहअस्तित्वका पाँच सिद्धान्तलाई आत्मसाथ गर्दै राजनीतिक तहबाट समेत विश्वास बलियो बन्नेछ,” उहाँले भन्नुभयो । गोखले चीनका लागि भारतका पूर्व राजदूतसमेत भएकाले चिनियाँ भाषामा दख्खल राख्नुहुन्छ ।
उहाँ गत सोमबार भारतको विदेश मन्त्रालयको सचिवमा नियुक्त हुनुभएको हो । (रासस/सिन्ह्वा)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?