एभरेष्ट होटलका मालिक लारी पक्राउ


काठमाडौंः लागुऔषध तस्करीको मुद्दामा फरार एभरेष्ट होटलका मालिक मस्कुर अहमद लारीलाई प्रहरीले पक्राउ परेका छन्। महानगरीय प्रहरी कार्यालय र प्रहरी वृत, महाराजगञ्जको टोलीले उनलाई बिहीबार महाराजगञ्जबाट पक्राउ गरेको हो । २१ वर्ष अघि जर्मनीको फ्रयांकफर्ट विमानस्थलमा भेटिएको २ सय ५० किलो चरेस तस्करीमा उनको संलग्ना भएको खुलेको थियो। उनलाई २०६८ सालमा जिल्ला अदालतले पक्राउ आदेश दिएको थियो। त्यस यता उनी फरार रहेका थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?