मुख्यमन्त्री पोखरेलद्वारा शुभकामना


बुटवल:  प्रदेश नं ५ का मुख्य मन्त्री शंकर पोखरेलले नेपालको संविधान कार्यान्वयन गर्ने सन्दर्भमा तीनवटै तहको सरकार गठन भइसकेको अवस्थामा अब संविधान र सरकारप्रति जनविश्वास बढाउनाका साथै सरकार जनताको घरदैलोमा पुग्ने वातावरण तयार भएको बताउनुभएको छ ।
अठसठृीऔँ प्रजातन्त्र दिवसको उपलक्ष्यमा आज प्रदेशका जनतालाई दिनुभएको शुभकामना–सन्देशमा मुख्य मन्त्री पोखरेलले एकात्मक राज्यको अभ्यासलाई सङ्घात्मक ढाँचामा विकास गर्ने र आञ्चलिक मनोविज्ञानलाई साझा प्रादेशिक मनोविज्ञानका रूपमा विकास गरी संघीय लोकतान्त्रिक गणतन्त्रको प्रतिफल जनताको घरदैलोमा पु¥याउनुपर्ने यस चुनौतीपूर्ण घडीमा सबै राजनीतिक दल, संघसंस्था, राष्ट्रसेवक कर्मचारीहरू र आमनागरिकमा समेत एकजुट भई प्रदेशको समुन्नति र समृद्विका लागि हातेमालो गर्दै अघि बढ्न हार्दिक अपिल गर्नु भएको छ । शुभकामना सन्देशमा मुख्यमन्त्री पोखरेलले नेपाली जनताले पटक पटक गर्दै आएका ऐतिहासिक जनआन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदप्रति हार्दिक श्रद्धाञ्जलि पनि अर्पण गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?