ढिकुरामा स्वास्थ्य शिविर, १५ सय लाभान्वित


सन्धिखर्क:अर्घाखाँची जिल्लाको भूमिकास्थान नगरपालिका–९ ढिकुरामा दुई दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । शिविरबाट ढिकुरा, धनचौरसहितका एक हजार ५०० जनाभन्दा बढी बिरामी लाभान्वित भएका छन् । शिविरमा भरतपुर अस्पतालका हाडजोर्नी रोग विशेषज्ञ डा रुद्र मरासिनीसहित २१ जना डाक्टरले एक हजार ५०० बिरामीको जाँच गरेका हुन् ।
भूमिका स्थान नगरपालिका र अर्घाखाँचीको ढिकुराबाट काठमाडौँ, बुटवल बस्नेहरुको आर्थिक सहयोगमा दुई दिने बृहत् शिविर सम्पन्न भएको हो । उपचारका लागि अर्घाखाँची जिल्लाको ढिकुरासहित धातिबाग, धारपानी, जुकेना, धन्चौर, खाचीकोट, नुवाकोट, नरपानीलगायतका एक हजार ५०० बिरामीले जाँच गराउनुभएको ढिकुरा समाज अर्घाखाँची काठमाडाँैका अध्यक्ष कृष्ण पोखरेलले जानकारी दिनुभयो । गाउँमा निःशुल्क शिविर सञ्चालन गर्दा धेरै बिरामीलाई आफ्नो रोग पत्ता लगाउन र सामान्य रोग निको पार्नका लागि निःशुल्क स्वास्थ्य शिविर निकै प्रभावकारी भएको सेवा लिएका बिरामी सन्तोष भुसालले बताउनुभयो । ढिकुरा समाज अर्घाखाँची काठमाडाँैको आयोजना र लायन्स क्लब अफ काठमाडौँ ढिकुरा, ढिकुरा अर्घाखाँची रुपन्देही समाजको सहआयोजना तथा युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज भैरहवाको प्राविधिक सहयोगमा शिविर सम्पन्न भएको हो । समाजले गएको वर्ष पनि ढिकुराको शारदा माविमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?