कान्तिपुर हाजिर होऊ ः सर्वोच्च


काठमाडौं ः सर्वोच्च अदालतले कान्तिपुर मिडिया गु्रपलाई ७२ घन्टाभित्र बयान दिनका लागि उपस्थित हुन आदेश दिएको छ ।

प्रधानन्यायाधीश गोपाल पराजुलीको एकल इजालासले आइतबार अदालतको अवहेलना मुद्दामा कान्तिपुर गु्रपलाई बयानका लागि उपस्थित हुन आदेश दिएको हो । प्रधानन्यायाधीश पराजुलीको जन्ममितिसम्बन्धी समाचारलाई लिएर अधिवक्ता तोयनाथ ढुंगानाले दायर गर्नुभएको अवहेलनाको मुद्दामा सुनवाइपछि अदालतले सो आदेश दिएको हो ।

आदेशमा बयानका लागि म्याद नगुज्रने गरी ७२ घण्टाभित्र गु्रपका अध्यक्ष कैलाश सिरोहिया, निर्देशक स्वस्तिका सिरोहिया, प्रधानसम्पादक सुधीर शर्मा र समाचार लेख्ने पत्रकार कृष्ण ज्ञवालीलाई उपस्थित हुन भनिएको छ । साथै, आदेशमा कान्तिपुरले पत्रकार आचारसंहिताको पालना गरे÷नगरेको अध्ययन गरी कानुनसम्मत कारबाही गर्न प्रेस काउन्सिल नेपालका नाममा पनि अन्तरिम आदेशसमेत दिएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?