नेपाल भारत प्रबुद्ध समूहको बैठक सम्पन्न


काठमाडौं ः नेपाल र भारत प्रबुद्ध समूहको सातौं बैठक आइतबार सम्पन्न भएको छ । बैठकपछि आयोजना गरेको पत्रकार सम्मेलनमा प्रवुद्ध समूहका सदस्य भगतसिंह कोशियारीले समूहले तयार पारेको प्रतिवेदन दुबै पक्षलाई सर्वसम्मत रूपमा स्वीकार्य हुने बताए ।
प्रबुद्ध समूहको बैठकमा सन् १९५० को सन्धि खारेज वा पुनरावलोकन गर्ने विषयमा पनि छलफल भएको थियो । जलस्रोत, वाणिज्य, सीमालगायत दुई देशबीचका साझा सरोकारका विषयमा समान धारणा बनाउने कोसिस भइरहेको पत्रकार सम्मेलनमा बताइएको छ ।

नेपाली पक्षबाट प्रबुद्ध समूहका सदस्य डा.भेषबहादुर थापाले समग्रमा छलफल सकारात्मक रहेको उल्लेख गरे । उनले जलस्रोत, वाणिज्य, सीमा समस्या र १९५० को सन्धिलगायत सबै विषयमा कुरा भएको बताए ।
प्रबुद्ध समूहले निकट भविष्यमा प्रतिवेदन तयार पार्ने छ ।
एक फरक प्रसंगमा भारतीय जनता पार्टीका उपाध्यक्षसमेत रहेका कोशियारीले पत्रकार सम्मेलनमा भने, ‘नेपाल र भारतबीच नयाँ ढंगबाट सम्बन्ध परिभाषित गर्न प्रबुद्ध समूह गठन हुँदा नेपालमा केपी शर्मा ओली नै प्रधानमन्त्री थिए । अहिले पुनः ओली नै प्रधानमन्त्रीका रूपमा आउँदा आफूलाई खुसी लागेको छ ।’ उनले नेपाली जनताले निर्वाचनबाट आफ्नो परिपक्वता प्रदर्शन गरेकाले विशेष बधाई पनि दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?