सोमबार विस्तार हुने मन्त्रीहरुको संभावित नामहरु


काठमाडौंः प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार मन्त्रिमण्डल विस्तार गर्ने भएका छन्। एमालेबाट थप ७ र माओवादीबाट ७ मन्त्रीसहित ओलीले मन्त्रिमण्डल विस्तार गर्न लागेका हुन्।
माओवादीका तर्फबाट रामबहादुर थापा ‘बादल’ नेतृत्वमा सात मन्त्री पठाउने भएको छ। थापासहित वर्षमान पुन, शक्तिबहादुर बस्नेत, मातृका यादव, गिरिराजमणि पोखरेल र बीना मगर मन्त्री बन्ने समाचारस्रोतले उल्लेख गरेको छ भने थप एक जनाको नाम भोलि बिहान टुंगो लाग्ने बताइएको छ ।
त्यस्तै एमालेबाट ईश्वर पोखरेल, प्रदीप ज्ञवाली, योगेश भट्टराई र रवीन्द्र अधिकारी,रघुवीर महासेठ, हृदयश त्रिपाठी र नारदमुनि रानाको नाम रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?