विप्लवलाई पक्रन परिपत्र जारी


काठमाडौं : भोजपुर जिल्ला अदालतको आदेशानुसार नेपाल प्रहरीले नेकपा माओवादीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ लाई पक्रन पूर्जी जारी गरेको छ ।
ग्त स्थानीय र प्रदेश तथा प्रतिनिधिसभाको निर्वाचन ताका विप्लव समूहले देशभरै बम विस्फोट गराएर हिंत्सात्मक कार्य गरी धनजनको क्षति पु¥याएकाले प्रहरीले उक्त समूहविरुद्ध भोजपुर जिल्ला अदालतमा कात्तिक महिनामा मुद्दा दायर गरेको थियो ।
भोजपुर जिल्ला प्रहरी कार्यालयका अनुसार अदालतको आदेशानुसार चन्द र उनका १८ सहयोगीविरुद्ध पक्राउ पूर्जी जारी भएकाले प्रहरीले उनीहरूलाई पक्राउ गर्न देशभरै परिपत्र जारी गरेको हो । स्मरणीय छ, गत कात्तिक २८ गते एमालेका नेता शेरधन राईलाई लक्षित गरी चन्द समूहले हिंसात्मक आक्रमण गरेको थियो । अदालतले चन्दविरुद्ध ज्यानमार्ने उद्योगअन्तर्गतको मुद्दामा अदालतमा उपस्थित गराउन आदेश दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?