प्रतिनिधिसभा सदस्यको शपथमा चार सांसद अनुपस्थित


काठमाडौँ : संघीय संसद्को तल्लो सदन प्रतिनिधिसभाका सदस्यको शपथ कार्यक्रममा चार सांसदको अनुपस्थिति रह्यो ।
प्रतिनिधिसभाको सभाहलमा आज भएको शपथ कार्यक्रममा सांसदहरु टोपबहादुर रायमाझी, महेन्द्रराय यादव, धर्मशीला चापागार्इं र रेशम चौधरी अनुपस्थित रहनुभएको संघीय संसद् सचिवालयका प्रवक्ता डा भरतराज गौतमले जानकारी दिनुभयो ।
सांसदहरुलाई ज्येष्ठ सदस्य महन्थ ठाकुरले शपथ गराउनुभएको थियो । कूल २७५ सदस्यीय प्रतिनिधिसभाका सदस्यको शपथमा २७१ सांसद उपस्थित हुनुहुन्थ्यो ।
सांसद चौधरी अदालतको आदेशमा पुर्पक्षका लागि थुनामा हुनुहुन्छ भने अन्य सांसद व्यक्तिगत कारणले शपथमा अनुपस्थित रहनुभएको बताइएको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?