पत्रकार महासंघको बैठक जनकपुरधाममा शुरु


जनकपुरधाम: नेपाल पत्रकार महासंघ केन्द्रीय कार्य समितिको तेस्रो पूर्णकालीन बैठक धार्मिक पर्यटकीयस्थल जनकपुरधाममा सोमबारदेखि शुरु भएको छ ।
आजसम्म चल्ने दुई दिने बैठकमा श्रमजीवी पत्रकारका विविध एजेण्डाबारे छलफल गर्ने कार्य योजना रहेको महासंघका महासचिव रमेश विष्टले जानकारी दिनुभयो ।
बैठकको पहिलो दिन समग्र प्रदेश नं २ मा रहेका शाखा अध्यक्षसँग विभिन्न जिल्लामा पत्रकारिताको पछिल्लो अवस्थामा देखिएको अवसर र चुनौती र समस्याबारे जानकारी लिइएको थियो ।
बैठकले श्रमजीवी पत्रकारको हकहित, सञ्चारमाध्यममा पछिल्लो समयमा देखिएका विविध समस्याबारे छलफल गरी ठोस निर्णय लिने योजना रहेको महासंघका केन्द्रीय सदस्य नकुल अर्यालले जानकारी दिनुभयो ।
बैठकले पत्रकार महासंघको भावी कार्यदिशा रणनीतिसमेत तय गर्नेछ । बैठकमा महासंघका पूर्वअध्यक्ष डा सुरेश आचार्य, डा महेन्द्र विष्ट, मिडिया कानूनविद् टंक अर्याललगायतले सञ्चार र संविधानमा उपलब्ध सञ्चारसम्बन्धी ऐन कानूनबारे कार्यपत्र प्रस्तुत गर्ने कार्यक्रम रहेको छ । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?