लमजुङमा सिभिल बैंक


लमजुङ: लमजुङमा सिभिल बैंक लिमिटेडले शाखा संचालन गरेकोछ । शनिबार बैंकले ५६ औं शाखाको रुपमा दूधपोखरी गाउँपालिका ६ गौंडामा एक कार्यक्रम विच उद्घाटन गर्दै शाखा सञ्चालनमा ल्याएको हो ।
गौंडामा आयोजित कार्यक्रमका प्रमुख अतिथि नेपाल राष्ट्र बैंकका सञ्चालक रामजी रेग्मीले शाखाको उद्घाटन गरेका हुन् । सो अवसरमा बोल्दै उनले बैंकको उपस्थिति बिना संघीय नेपालको समृद्धि हुन नसक्ने बताए । स्थानीय तहमा बैंकको महसुस गरेर नेपाल राष्ट्र बैंकले हरेक स्थानीय तहमा बित्तिय पहुँच पु¥याउने नीति अनुरुप कम्तीमा एउटा बैंकको शाखा खोल्ने कार्य जारी रहेको उनको भनाई छ । सिभिल बैंकका प्रमुख कार्यकारी अधिकृत गोविन्द गुरुङले ग्रामीण भेगको आर्थिक विकासको लागि बैंक अपरिहार्य रहेको बताए । ग्रामीण भेगका नागरिकको सेवाको लागि दूधपोखरी गाउँपालिकामा आफ्नो बैंकले सेवा विस्तार गर्न पाएको भन्दै उनले खुसी व्यक्त गरे ।
सो अवसरमा कार्यक्रममा राइनास नगरपालिकाका प्रमुख सिंहबहादुर थापा, दूधपोखरी गाउँपालिका अध्यक्ष छुपीमाया गुरुङ लगायतले दुर्गममा सञ्चालनमा ल्याईएको बैंकले स्थानीयमा वित्तिय व्यवस्थापन बढाउने बताएका थिए । ग्रामीण भेगका नागरिक वित्तिय पहुँचबाट टाढा रहेकाले अब बित्तिय पहुँचमा पुगेको भन्दै यसले स्थानीयको आर्थिकस्थिति बढाउँन समेत टेवा पुग्ने पनि उनीहरुले बताए । सिभिल बैंकको चालु आर्थिक वर्षको दोश्रो चौमासिकमा २१ करोड ६५ लाख रुपैयाँ खुद नाफा कमाउन सफल भएको छ । यो रकम पहिलो वर्षको यसै अवधिको तुलनामा ३१ प्रतिसतले बृद्धि रकम रहेको बैंकले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?