कलैयामा यामाहा शोरुम


काठमाडौं: नेपालका लागि यामाहा मोटरसाइकलको आधिकारिक विक्रेता एमएडब्लु इन्टरप्राइजेजले बारा जिल्लाको कलैया उपमहानगरपालिकामा नयाँ डिलर सुरु गरेको छ । एमएडब्लुले ग्राहकलाई सेल्स, सर्भिस र स्पेयर पार्टसे सुविधा सुरु गरेको हो । यो क्षेत्रमा यामाहा मोटरसाइकल तथा स्कुटरको बढ्दो मागलाई पुर्ति गर्ने उद्देश्यले यामाहा मोटरसाइकलको डिलरसिप स्थापना गरिएको हो ।
श्री मोटर्स नाम दिइएको नयाँ शोरुमको उद्घाटन प्रमुख अतिथि तथा कलैया उममहानगरपलिकाका मेयर राजेश राय यादवले गरेका हुन । श्री मोटर्सका अध्यक्ष सोनालाल प्रसाद केशरीले यो क्षेत्रमा यामाहाका मोटरसाइकलको लोकप्रियता धेरै भएको दावी गरे ।
यामाहाले नेपाली बजारको माग र आवश्यकतालाई सम्बोधन गरी विभिन्न भेरियेन्टका मोटरसाइकल र स्कुटर विक्री गर्दै आएको छ । स्कुटरमा यामाहाको फेसिनो, रे जेडआर, रेजी र अल्फा गरी तीन मोडेल छन् भने मोटरसाइकलमा एफजेड–एस एफआई, आर १५, एसजीआरआर, सलुटो र प्राविधिक रुपमा उच्च स्तरीय आर३ उपलब्ध छन् । यामाहाले केही महिनाअघि नेपाली बजारमा २५० सीसी क्षमता भएको एफजी२५ ‘द अल्टिमेट स्ट्रिट फाइटर’ सार्वजनिक गरेको थियो । छोटो अवधिमै एफजी२५ सबैभन्दा बढी खोजिएको मोटरसाइकल बन्न सफल भएको छ ।
यामाहाका मोटरसाइकल र स्कुटरहरु प्याटेन्टेड ‘ब्लु कोर’ इन्जिनजडित छन् । यामाहाको ‘आर’ सिरिज र ‘एफजी’ सिरिजमा अत्याधुनिक फ्युल इन्जेक्सन (एफआई) प्रविधि जडान गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?