राइनो छडको प्राबिधिक भेला


काठमाडौं: शंकर गु्रपको भगिनी संस्था जगदम्बा स्टील्सले एफई ५००डी ग्रेड राइनो फलामे छडको टेक्निकल मिट सम्पन्न गरेको छ ।
काठमाडौंको विभिन्न स्थानमा टेक्निकल मिटको समापन गरिसकेको जगदम्वा स्टील्सले पुनः इटहरी र विराटनगरमा पनि एफई ५००डीमा आधारित राइनो फलामे छड सम्बन्धि आफ्नो टेक्निकल मिटको आयोजना गरेको हो । एफई ५००डी ग्रेडमा उपलब्ध राइनो फलामे छडमा सल्फर तथाफोस्फरसको मापदण्ड अनुसार अधिकतम शुन्य दशमलव शुन्य ७५ प्रतिशतमात्र सम्मिश्रण गरिएको छ । यसले गर्दा छडमा उच्चशक्ति र लचकताको सुनिश्चितता प्राप्त हुने पनि कम्पनीले जनाएको छ ।
इटहरीको टेक्निकलमा नेपाल इन्जिनियर्स एशोसिएसनका इं मोहन कार्की र विराटनगरमाटेक्निकल मिटमा उमा शंकर शाहको आतिथ्यतामा सम्पन्न भएको हो । राइनो ५००डी फलामे छड ८ एमएम देखि ३२ एमएम आकारमा नेपालभर छरिएका कम्पनीकाविक्रि केन्द्र मार्फत उपलब्ध छन् । उपभोक्ताको आवश्यकता, माग तथा योजनाका अनुसार कम्पनीले ३६ एमएमतथा ४० एमएमआकारमा समेत यसलाई उपलब्ध गराउने गरेको छ । कम्पनीले हरेक छडलाई १२ मिटरको निर्धारित लम्बाइमा उपलब्ध गराउने गरेको छ । यसले निर्माण सामग्री खेर जानबाट जोगाउनुका साथै मापदण्ड समेत पुर्ण गर्न सहयोग पु¥याउने अपेक्षा गरिएको छ । उपभोक्ताले कम्पनीको देशभर रहेका विक्रि केन्द्र मार्फत राइनो ५००डी फलामे छड ८ एमएमदेखि ४० एमएम आकारमा खरिद गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?