ललितपुर ब्यापार मेला


काठमाडौ: ललितपुर उद्योग वाणिज्य संघले ‘अन्तर्राष्ट्रिय ललित व्यापार मेला २०७४’ आयोजना गर्ने भएको छ ।
मेलामा नेपाल राष्ट्र बैंक, टक्सार विभाग मार्फत स्वर्ण जयन्तीे लोगो अंकित १ हजार रुपैयाको चाँदिको सिक्का र १ सय रुपैयाको साधारण सिक्का निष्काशन गर्ने पनि कम्पनीले जनाएको छ ।
ललितपुर महानगरपालिका, गोदावरी नगरपालिका एवं महालक्ष्मी नगरपालिकाको साथै नेपाल सरकार व्यापार तथा निकासी प्रर्वद्धन केन्द्रको प्रर्वद्धन तथा नेपाल उद्योग वाणिज्य महासंघ र नेपाल हस्तकला महासंघको सहयोगमा यो मेला गर्न लागिएको हो ।
मेलामा ९० वटा प्रदर्शनी स्टल रहने छन् । स्टलमा सजावटका सामान, पर्यटन सम्बन्धी विभिन्न सामग्री, आयुर्वेद,सौन्दर्यका सामग्री एवं स्वदेशी कपडा जन्य उत्पादन समेत रहने आयोजकले बताएका छन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?