स्पर्श लघुवित्तको संचालकमा गजुरेल


काठमाडौ : लघुवित्त विज्ञ मेघराज गजुरेल पोखरा स्थित स्पर्श लघुवित्त वित्तीय संस्थाको संचालकमा नियुक्त भएका छन् । संस्थाको शुक्रवार बसेको ३१ औ बैठकले उनलाई स्वतन्त्र संचालकमा नियुक्त गरेको हो ।
गजुरेलको कृषि बिकास बैंक, एनसिसी बैंक, आरएमडिसी समेतमा गरेर ३८ बर्ष बैंकिग क्षेत्रको अनुभव लिइसकेका छन । जनप्रशासनमा स्नाकोत्तर गरेका गजुरेल लघुवित्तको क्षेत्रमा बिशेषज्ञको रुपमा रहेका छन । हाल उनी विभिन्न लघुवित्त वित्तीय संस्थाहरुको तालिम तथा सेमिनारमा श्रोत व्यक्तिको रुपमा काम गर्दै आएका छन् ।
कास्की, वाग्लुङ्ग, म्याग्दी, लमजुङ्ग, तनहुँ, नवलपरासी, पर्वत, गुल्मी, अर्घाखाँची र गोरखाका जिल्लाका बैंकिङ्ग पहँुच नपुगेका गाउँपालिकामा केन्द्रित भई समावेशी लघुवित्त कार्यक्रम संचालन गरिरहेको विज्ञप्तिमा उल्लेख छ । १५ वटा शाखा मार्फत करिब ५ हजार ५ सय विपन्न सदस्यहरुलाई २० करोड लगानी गरी करिब ३ करोड बचत संकलन गरिसकेको संस्थाका प्रमुख कार्यकारी अघिकृत सजल खड्काले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?