सामसङ ग्यालेक्सी एस ९ र एस ९ प्लस बजारमा


काठमाडौं: सामसङ ग्यालेक्सी एस ९ र एस ९ प्लसको नेपाली बजारमा बिक्री सुरु गरिएको छ । यो फोनको माध्यमबाट प्रयोगकर्ताहरुले कुराकानीगर्न, आफ्ना अनुभवहरु शेयर गर्न सक्नेछन् । एस ९ र एस ९ प्लसमा इमेज, भिडियो तथा इमोजीहरु शेयर गर्न सामसङले विशेष प्रविधिको प्रयोग गरेको छ । यसमा संशोधित गरिएको ड्युल एपरचर लेन्स, लो लाइट क्यामेरा सुपर स्लोमो भिडियो खिच्न सकिने सुविधा तथा पर्सनलाईज्ड ए आर इमोजीस तथा डल्बी एटमोसको साथ एकेजी द्वारा सुसज्जित गरिएको स्टेरियो स्पिकर रहेको छ । यसबाट डल्बी वातावरणको जीवन्त अनुभव प्रदान गर्ने कम्पनिले जिकिर गरेको छ ।
एस ९ र एस ९ प्लसमा एकेजी, अझ बढी सुधारिएको रिफाइण्ड एज टु डिप्ले तथा नयाँ स्मार्ट थिंग्स एप, सामसङको विद्यमान लट सेवा सहित उपलब्ध रहेको छ । यी फोनमा भएका सुविधा मार्फत एक फोनमा व्यापक सुविधाहरु प्राप्तगर्न सकिन्छ ।
सामसङ मोबाइल डिभिजन नेपालका प्रमुख प्रणय रत्न स्थापितले मोबाइलफोनबाट स्व–अभिव्यक्ति एवं कुराकानी तथा हामीले प्रयोग गर्ने स्मार्ट फोनको तरिका परिवर्तन भएको बताए । एस ९ र एस ९ प्लसमा जुनसुकै वेला ग्राहकले उच्चस्तरीय फोटो तथा भिडियो खिच्न सकिनेछ ।
सुपर स्पीड डुअल पिक्सल सेन्सरको साथ डेडिकेटेड प्रोसेसिङ्गपावर तथा मेमोरी जस्ता विशेषताले गर्दा उच्चस्तरीय फोटो खिच्न सकिनुका साथै फोटोशेयर गर्न सकिने पनि सामसंङले जनाएको छ । यसवाट हरेक दिन डायनामिक स्लो मोशन भिडियो खिच्न सकिन्छ । यसले प्रति सेकेन्ड ९६० फ्रेम क्याप्चर गर्ने दावी गरिएको छ । यसमा अटोमेटिक मोशन डिटेक्टर सुविधा पनि रहेको छ ।
यसमा रहेको ३५ विभिन्नअप्सनको प्रयोग गरी आफूलाई चाहिएको जस्तै भिडियो निर्माण गर्न सकिने पनि कम्पनीले जनाएको छ । साउन्ड राख्ने, आफूलाई मन पर्ने ट्युनमा व्याकग्राउन्ड म्युजिक राख्न सकिने जस्ता विशेष सुविधारु रहेका छन् । ग्राहकले ग्यालेक्सी एस ९ र एस ९ प्लस फोन पाँच हजारको तुरुन्त क्याशव्याक सहित क्रमशः ९२ हजार नौ सय तथा एकलाख चार हजार नौ सय रुपैयामा खरिद गर्न सक्नेछन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?