कैलालीमा हंशराज हुलासचन्दको नयाँ सोरुम


काठमाडौ : बजाज, पल्सर मोटरसाइकलको नेपालका लागि अधिकृत बितरक हंशराज हुलासचन्द एण्ड कम्पनी प्राइभेट लिमिटेडले कैलालीको लम्कीमा नयाँ सोरुम स्थापना गरेको छ ।
नया सोरुमको नाम ‘गंगा आटोमोबाइल्स’ राखिएको छ । नयाँ शोरुमले ग्राहकलाई बाइकको स्पेयर पार्टस तथा एसेसरिज खरिदकालागि सहज बनाउने अपेक्षा गरिएको छ । शोरुम शुभारम्भ भएको अवसरमा हंशराजका जेनेरल म्यानेजर योगेन गुरुङले कैलालीको लम्कीमा नयाँ शोरुम संचालन भएको घोषणा गर्दा निकै खुशी लागेको बताए । ग्राहकहरुको बढ्दो मागका कारण हामीले कैलालीमा नयाँ शोरुम स्थापना गर्न उत्साहित बनाएको उनको भनाई छ । नयाँ शोरुमको शुभारम्भसँगै, शोरुमले ग्राहकहरुलागि आकर्षक पुरस्कारहरु पनि प्रदान गरेको कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?