सुजुकीको सिलेरियो एक्स बजारमा


काठमाडौं : नेपालका लागि सुजुकीफोर ह्वीलर्सको आधिकारिक वितरक तथा सीजी होल्डिगको अटोमोटिभ डिभिजनले स्र्पोटी र ट्रेन्डी सिलेरियो एक्स बजारमा ल्याएको छ ।
सिलेरियो एक्स स्पोर्ट्समा एरोडाइनामिक शैली रहेको छ भने यसको अग्रभागको वरीपरी एक्स थिममा आधारित ग्राफिक्स गाडीको दायाँबायाँ भाग, पछाडिको बम्पर, स्किड प्लेटमा राखिएको सुरक्षात्मक आवरण राखिएको छ ।
ग्रिल, फोगगार्निस, क्लाड, रुफ गार्निस एन्ड इन्टेरियरमा चमकदार कालो आवरणले सुरुवात मै गाडी अत्यन्त स्टाइलिस देखिएको दाबी कम्पनीले गरेको छ ।
सिलेरियो एक्स प्रिकाओरेन्ज रंगको सिग्नेचर रंगमा उपलब्ध छ । यो रंगले युवाजोस र स्र्पोटिनेस झल्काउने कम्पनीले बताएको छ । ग्राहकले यो गाडी अन्य रंग आर्कटिक ह्वाइट, ग्लिसनिङ ग्रे, क्याफिनब्राउन र टर्क ब्ल्युमध्येबाट रोज्न सक्नेछन् ।
सिलेरियो एक्स नेपालमा ड्युल एयर ब्याग र आन्टिलक ब्रेकिङ सिस्टमको साथमा उपलब्ध छ । सिटबेल्टको प्रयोगलाई सुनिश्चित गर्दै यात्रा थप सुरक्षित बनाउन यसमा ड्राइभरको साइडमा सिट बेल्ट रिमाइन्डरको व्यवस्था गरिएको छ । अडियो माउन्टेड कन्ट्रोलसहितको म्युजिक सिस्टम, किलेस इन्ट्री, ड्राइभरको सिटको उचाइ घटबढलगायतका विभिन्न आरामदायी बन्दोवस्तीले गाडीको यात्रा रमाइलो अनि आरामदायी बनाउने दाबी गरिएको छ । यसको बजार मूल्य २६ लाख ९९ हजार रुपैयाँ रहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?