प्राइमलाइफ इन्स्योरेन्स र जनता बैंक वीच बैकासुरेन्स सम्झौता


काठमाडौं : प्राइमलाइफ इन्स्योरेन्स कम्पनी र जनता बैंकबीच बैंकासुरेन्स सम्झौता भएको छ । सम्झौतामा प्राइमलाइफका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनोजकुमार भट्टराई र जनता बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत परशुराम कुवँर क्षेत्रीले हस्ताक्षर गरेका हुन् । सम्झौतापछि प्राइमलाइफ इन्स्योरेन्सले जारी गर्ने विभिन्न जीवन बिमा योजना जनता बैंकका मुलुकभरका शाखा कार्यालयहरूबाट उपलब्ध हुनेछन् । हाल प्राइमलाइफले हकप्रद सेयर जारी गरिरहेको छ ।
एघारौं साधारण सभाबाट पारित भएपश्चात् ९७ करोड ६३ लाख २० हजार रुपैयाँ हकप्रद सेयरसमेत कायम हुने चुक्ता पुँजीमा १२ दशमलव ५ प्रतिशतका दरले बोनस सेयर दिनेसमेत कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?