सनराइज र शिखर इन्स्योरेन्स सम्झौता


काठमाडौं : सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी बीच बैंकका बचत खाताका ग्राहकलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रमा सन्राइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्सका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डेले हस्ताक्षर गरेका हुन ।
सम्झौता अन्तर्गत बैंकका बचतकर्ताले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा १ लाख वा बचत खातामा रहने बार्षिक औषत मौज्दातको २५ प्रतितस भन्दा नबढ्ने गरी दाबी गर्न पाइने पनि कम्पनीले जनाएको छ ।
सन्राइज बैंक लिमिटेडले आफ्नो स्थापनाकाल देखि नै आफ्ना बचत खाताका ग्राहकको लागि ‘सामुहिक दुर्घटना बीमा व्यवस्था’ प्रदान गर्दै आएको छ । यस सुविधा अन्र्तगत दुर्घटनामा परि कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणा सम्म दाबी गर्न सकिने भएको छ । सम्झौता पश्चात सन्राइजका बचत खाताका ग्राहकले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?