जगदम्बा सिमेन्टको भेटघाट कार्यक्रमम


काठमाडौ : जगदम्बा सिमेन्टले दिगो तथा भूकम्प प्रतिरोेधात्मक संरचना निर्माणमा अवलम्वन गर्नुपर्ने प्राविधिक जानकारी सम्बन्धमा निर्माणकर्मीसँगको भेटघाट कार्यक्रम सम्पन्न गरेको छ ।
कार्यक्रममा १५० भन्दा बढी निर्माणकर्मीको सहभागिता रहेको थियो । कम्पनीले चालु आर्थिक वर्षमा ‘आऔ सबै मिलि देश बनाऔ’ भन्ने नारालाई अघि सारेको छ । देश निर्माणको लागि अपिलगर्दै आफ्नै स्तरबाट सरकारले अघि सारेको पुनःनिर्माणको कार्यलाई सघाउने उद्देश्यले सुरक्षित र मजबुत निर्माणका निम्ति यस्ता कार्यक्रम देशब्यापी रुपमागर्दै आईरहेको बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?