सांग्रीला डेभलपमेन्ट बैंकको अभिमुखिकरण तालिम


काठमाडांै: सांग्रीला डेभलपमेन्ट बैंकले कर्मचारीलाई अभिमुखीकरण तथा बैंकिङ्ग तालीम दिएको छ । नबनियुक्त कर्मचारीलाई शाखामा पठाउनु भन्दा पहिले सामाजीकरण गराउने र बैंक सम्बन्धित कामहरु तथा नीति नियमको बारेमा जानकारी दिने र सिकाउने उदेश्यले यो अभिमुखीकरण तालीम दिएको बैकले जनाएको छ ।
तालिममा नबनियुक्त ५५ जना कर्मचारी सहभागी भएका थिए । उक्त तालीममा कम्युटर तालिम लगायत क्रेडीट, कस्टमर सिर्भीस, टेलर व्यावस्थापन, नक्कली नोट, सिग्नेचर भेरिफिकेसन् लगायतको बारेमा तालीम दिईएको नायव कार्यकारी अधिकृत दिनेश थकालीले बताए ।
१० दिने कार्यक्रमको समापन कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत राजेन्द्र प्रसाद पौडेलले यस किसिमको तालिमले नबनियुक्त कर्मचारीको कार्यकुशलता बढ्ने र कर्मचारीले यस्ता तालिमबाट आफुले सिकेको कुरा प्रयोगमा ल्याउनु पर्ने बताए ।
संस्थाले कर्मचारीको बृत्ती बिकास तथा तालीमको लागि भबिष्यमा लर्नीङ्ग सेन्टरको बिकास गर्ने रणनीति सहीत कार्यक्रम गर्दै आएको नायब प्रमुख कार्यकारी अधिकृत दिनेश थकालीले बताए । कार्यक्रममा सहभागी कर्मचारीहरुले तालिम निकै फलदायी भएको बताए । बैंकले छिट्टै देशका बिभिन्न स्थानमा २२ ओटा नयाँ शाखाहरु खोल्दै छ । नयाँ शाखाहरु संचालन पछि सस्थाको शाखा संजाल देशभर गरि ५८ ओटा पुग्ने बिभागिय प्रमुख निर्मल कुमार श्रेष्ठले बताएको पनि बिज्ञप्तिामा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?