तीन घर जलेर नष्ट


राजविराज: तिरहुत गाउँपालिका–५ मा आज साँझ आगलागी हुँदा तीन घर नष्ट भएको छ । स्थानीयवासी कैलु ठाकुरका घरमा केटाकेटीले गहुँ पोलेर खाने क्रममा अचानक आगलागी सो दुर्घटना भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । आगलागीबाट अन्नपात, भाँडाकुँडा, लत्ताकपडा र नगद गरी करीव रु तीन लाखको सरसमान नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीयवासी र प्रहरीको सहयोगमा आगो नियन्त्रणमा लिइएको थियो ।
यसैबीच छिन्नमस्ता गाउँपालिका–१ बाट एक युवतीमाथि माइक्रोबसमा बलात्कार गरिएको अवस्थामा प्रहरीले गए राति दुई युवकलाई थलामै पक्राउ गरेको सप्तरीका प्रहरी उपरीक्षक मुकेशकुमार सिँहले बताउनुभयो । अभियुक्तमा सिरहा भगवानपुर गाउँपालिका ९ का २३ वर्षीय वैजनाथ दास र बाँके जिल्ला राप्तीसोनरी गाउँपालिका ५ का ३३ वर्षीय खेमराज वैश्य छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?