राष्ट्रपतिलाई चीन र बंगलादेशको बधाई


काठमाडौँ: श्रीमती विद्यादेवी भण्डारीले नेपालको राष्ट्रपतिको पद सम्हाल्नुभएकामा चीनका राष्ट्रपति सी चीन फिङले आज बधाई ज्ञापन गर्नुभएको छ । राष्ट्रपति भण्डारीलाई आज पठाउनुभएको सन्देशमा चिनियाँ राष्ट्रपतिले आफ्नो मुलुकले चीन–नेपाल सम्बन्ध सुदृढीकरणलाई अति महत्व दिएको र द्विपक्षीय सम्बन्ध प्रवद्र्धनका निम्ति आफू तत्पर रहेको बताउनुभएको छ । नेपालका लागि चिनियाँ राजदूत यु होङले राष्ट्रपति भण्डारीसँग आज अपराह्न राष्ट्रपति भवनमा शिष्टाचार भेट गरी राष्ट्रपति सीको बधाई सन्देश हस्तान्तरण गर्नुभएको थियो । बंगलादेशका राष्ट्रपति मोहम्मद अब्दुल हमिदले पनि आजै राष्ट्रपति भण्डारीलाई बधाई सन्देश पठाउँदै पारस्परिक लाभका लागि बंगलादेश–नेपाल सम्बन्धलाई थप प्रगाढ बनाउन राष्ट्रपति भण्डारीसँग निकट सम्पर्कमा रहेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?