दुई महिलालाई मानव बेचबिखन मुद्दा


सुरुङ्गा, झापा: महिलालाई विभिन्न प्रलोभन देखाएर भारततर्फ लैजाँदै गर्दा बिहीबार पक्राउ परेका दुई महिलालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको छ । विदेश पठाइदिने भन्दै तीन महिलालाई भद्रपुर नाका हुँदै भारततर्फ लैजाँदै गरेको अवस्थामा पक्राउ परेका भद्रपुर–१० निवासी ५० वर्षीया लीला भट्टराई र वुद्धशान्ति गाउँपालिका–३ निवासी ४८ वर्षीया मिङ्मा शेर्पालाई प्रहरीले मानव बेचबिखनमा मुद्दा दर्ता गरेको हो । उनीहरुलाई जिल्ला प्रहरी कार्यालय झापामा राखेर थप अनुसन्धान अघि बढाइएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायब उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिनुभयो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?