मुक्तिनाथ बैंकको ब्राण्ड एम्बेस्डरमा धुर्मुस सुन्तली


काठमाडौ : मुक्तिनाथ विकास बैंकले आफ्नो ब्राण्ड एम्बेस्डरका रुपमा सिताराम कट्टेल (धुर्मुस) र कुन्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ ।
सो सम्बन्धी सम्झौतामा बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत भरतराज ढकाल र धुर्मुस सुन्तली फाउन्डेशनका तर्फबाट कट्टेल र घिमिरेले एक समारोहमा दस्तखत गर्नु भएको छ ।
कार्यक्रममा बैंकले धुर्मुस र सुन्तलीलाई ब्राण्ड एम्बेस्डरको रुपमा चयन गर्नुको उद्देश्य बारेमा प्रमुख कार्यकारी अधिकृत ढकालले मन्तव्य राखेका थिए ।
कार्यक्रमको अन्तमा बैंकका संचालक समितिका सदस्य नारायण कुमार श्रेष्ठले धन्यवाद ज्ञापन गरेका थिए । बैकले आफ्नो व्यवसाय प्रवद्र्धधनात्मक क्रियाकलाप, सामाग्री तथा बैंकको कार्यक्रममा धुर्मुस र सुन्तलीलाई उपस्थित गराउने जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?