गोरखाको सुलिकोटमा जनता बैकको साखा


काठमाडौ: जनता बैकले गोरखाको सुलिकोट गाउँ पालिकामा नयाँ शाखा विस्तार गरेको छ ।  नेपाल राष्ट्र बैंकको प्रत्येक स्थानीय तहमा बैंक शाखा पु¥याउने नीति अनुरुप यो शाखा खोलिएको हो । सुलिकोट गाउँपालिकाको पाल्खुमारहेको यो बैंकको ९६औं शाखा हो । विनासकारी भुकम्पको केन्द्रबिन्दु रहेको बारपाक सहित गोरखाको ग्रामिण क्षेत्रका साविकका ८ गा.वि.स. समेटिएर बनेको सुलिकोट गाउँपालिकाको समेत कारोवार गर्ने गरी शाखा विस्तार गरिएको हो ।  यसका साथै बैंकले आफ्ना निक्षेपकर्ता तथा कर्जा लिने ग्राहकलाई एकद्वार सेवा प्रणाली मार्फत जीवन तथा निर्जीवन वीमा सेवा दिने अभिप्रायले विभिन्न बिमा कम्पनीसँग संझौता गर्ने क्रममा प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडसँग बैंकासुरेन्स सेवा सम्बन्धि सम्झौता गरेको छ । संझौतामा जनता बैंककोे प्रमुख कार्यकारी अधिकृत परशुरामकुँवर क्षेत्री र प्राइम लाइफ इन्स्युरेन्स कम्पनी लिमिटेडका प्रमुखकार्यकारी अधिकृत मनोजकुमार भट्टराईले हस्ताक्षर गरेका हुन ।
सम्झौता पछि ग्राहकले बैंकको सबै शाखाबाट छिटो, छरितो तथा सहज रुपमा उक्त कम्पनीको बीमा लेख प्राप्त गर्न, प्रिमियम भुक्तानी गर्न, दावी भुक्तानी लगायत सबै वीमा सेवा प्राप्त गर्न सक्ने पनि कम्पनीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?