घुससहित लेखापाल पक्राउ


काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले रु २० हजार घुससहित सिरहा कल्याणपुर नगरपालिकाका लेखापाल जयराम चौधरीलाई पक्राउ गरेको छ । आयोगका प्रवक्ता दीर्घराज मैनालीकाअनुसार सामान मर्मतलगायत बिल भुक्तानी गरिदिएबापत सेवाग्राहीसँग घुस रकम माग गरिरहेको भन्ने आरोपमा आयोगको टोलीले लेखापाल चौधरीलाई उहाँकै डेराबाट पक्राउ गरेको हो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?