छोराछोरी राखेर आमाले आगो लगाइन्, २ बालबालिकाको मृत्यु


काठमाडौँ: रामेछापको खाँडादेवी गाउँपालिका-६ पन्नेचौरमा गएराति आगोमा जलेर दुई बालबालिकाको मृत्यु भएको छ। रामेछापमा आइतबार यस्तै अपत्यारिलो घटना भएको छ । गएराति करिब साढे १० बजे स्थानीय तारा केसीको घरमा लागेको आगोमा परी उनका ४ वर्षीय छोरा बिपिन र २ वर्षीय छोरी रमिताको जलेर मृत्यु भएको प्रहरीले जनाएको छ। यसैबीच ताराले आफ्ना श्रीमान कान्छी श्रीमतीसँग बसेको रिसमा आफैंले घरभित्र छोराछोरी राखेर आगो लगाइदिएको बयान दिएकी छन्। घरमा आगो लगाएर भाग्दै गरेकी तारालाई प्रहरीले  नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय रामेछापले जनाएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?