झोछेमा नेपाल बंगलादेश बैक


काठमाडौं: नेपाल बंगलादेश बैंक लिमिटेडले पर्यटकीय केन्द्र वसन्तपुरको झोछेँमा नयाँ एटीएम सेवा सञ्चालनमा ल्याएको छ । बैंकको यो ५१औं एटीएम सेवा हो । बैंकका महाप्रवन्धक सुरेन्द्रभुषण श्रेष्ठले एक कार्यक्रमबीच यस एटीएम सेवाको शुभारम्भ गरेका हुन । यस सेवाले वसन्तपुर क्षेत्रका व्यवसायी र बैंकका अन्य सेवाग्राहीलाई राहत पुग्ने बैंकको विश्वास छ ।
बैंकले गत पुससम्म ४३ करोड ८० लाख ४९ हजार खुद नाफा आर्जन गरेको छ । उक्त अवधिसम्म बैंकले ४१ अर्ब ८९ करोड ८३ हजार रुपैयाँ निक्षेप संकलन र ४१ अर्ब ११ करोड ३९ लाख रुपियाँ कर्जा लगानी गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?