रोयल इन्फिल्डको आधुनिक सर्भिस सेन्टर


काठमाडौं : विवेक अटोमोबाइल्स प्रालिले बालाजू औद्योगिक क्षेत्रमा रोयल इन्फिल्डको आधुनिक सर्भिस सेन्टर खोलेको छ । ११७ वर्ष पुरानो मोटर साइकल उत्पादक कम्पनी रोयल इन्फिल्डको नेपालका लागि आधिकारिक विक्रेता विवेक अटोमोबाइल्स प्रालिले ग्राहकको सुविधालाई ध्यानमा राखी अत्याधुनिक सर्भिस सेन्टर सञ्चालनमा ल्याएको कम्पनीले जनाएको छ ।
कम्पनीका अनुसार नेपालमा सातवटा अन्तर्राष्ट्रियस्तरका आधुनिक सोरुम तथा वर्कसप बनाइसकेको छ । हेटांैडा, नेपालगन्ज, धनगढी र बालाजूमा यसै वर्ष थप चारवटा सोरुम थप्दै ग्राहकहरूलाई अझ आधुनिक, सरल र सुविधायुक्त छिटो छरितो रूपमा सेवा प्रदान गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?