अफ्रिकी ४४ मुलुकबीच स्वतन्त्र व्यापार सम्झौता


किगाली, रुवाण्डा: अफ्रिकाका विभिन्न ४४ मुलुक अफ्रिका महादेशको आर्थिक विकासका लागि महत्वपूर्ण मानिएको स्वतन्त्र व्यापार क्षेत्र स्थापना गर्ने बिषयमा सहमत भएका छन् । अफ्रिकी यूनियन प्रमुख माउसा फाकी मोहम्मतले बुधबार गरिएको सम्झौतामा सवै ४४ अफ्रिकी मुलुकले हस्ताक्षर गरेका बताउनुभयो । अफ्रिका महादेशीय स्वतन्त्र व्यापार (सीएफटीए)का लागि सम्झौता भएको र यसबाट अफ्रिकी मुलुकमा व्यापार व्यवसाय गर्न सदस्य राष्ट्रलाई सहज हुनेछ, मोहम्मतले थप्नुभयो । (रासस/एएफ्पी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?