सेञ्चुरी बैकको ३६५ दिने कारोबार


काठमाडौ: सेञ्चुरी कमर्सियल बैंकले सार्वजनिक बिदाको दिन पनि कारोवार सुचारु गर्ने भएको छ ।
बैकको सार्वजनिक बिदाको दिनमा प्रधानकार्यलय पुतलीसडक तथा टिकापुर शाखाबाट नगद कारोबारको सुविधा उपलब्ध गराउंदै आएकोमा सार्वजनिक बिदाको दिन देखि लागु हुने गरि बैकले ३६५ दिने नगद कारोबार तथा ९ वटा कार्यलयबाट ३६५ दिने नगद कारोबार र लकरको सुविधा समेत उपलब्ध गराउने भएको छ ।
बैंकको काउन्टर संचालन हुने शाखामा क्रमश पुतलीसडक,विर्तामोड,बुटवल,धुलिखेल,टिकापुर, जनकपुर,भैरहवा,न्यूरोड,बिराटनगर,वीरगञ्ज,पोखरा,मानभवन,इटहरी,हेटौंडा,नेपालगञ्ज,सामाखुसी,धरान,नारायणगढ,धनगडी,कोटेश्वर रहेको छ । लकर सुविधा भएका शाखामा पुतली सडक, बिराटनगर, विर्तामोड, वीरगञ्ज, नारायणगढ,बुटवल,पोखरा,न्यूरोड,मानभवनबाट सेवालिन सकिने बैंकले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
बैंकले काठमाडौं उपत्यकामा ११ शाखा,५ एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर ८२ शाखा तथा ३ एक्स्टेन्सन काउन्टर साथै १० वटाशाखारहित बैंकिङ्ग गरी १११ स्थानबाटकारोबार सञ्चालनगरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?