एनआईसी एसियाको मुद्दती खातामा अग्रिम ब्याज भुक्तानी


काठमाडौं: एनआईसी एसिया बैंकले ग्राहकका लागि अग्रिम ब्याज भुक्तानी मुद्दती खाता सञ्चालनमा ल्याएको छ ।
यस योजनाअन्तर्गत, ग्राहकले कुनै पनि रकमको मुद्दती खाता खोली, खाता खोलेकै दिनमा ११ प्रतिशतको वार्षिक ब्याज दरले हुन आउने ब्याजको अग्रिम भुक्तानी बैंकको कुनै पनि बचत खातामा भुक्तानी पाउन सक्ने पनि बैंकले जनाएको छ ।
मुद्दती योजनाअन्तर्गत, मुद्दती खाता तीन महिना, ६ महिना, नौ महिना अथवा १२ महिनाका लागि खोले पनि सम्बन्धित अवधिका लागि ११ प्रतिशतका दरले अग्रिम ब्याज भुक्तानी गरिने विज्ञप्तिमा उल्लेख छ । व्यक्तिगत र संस्थापक दुवै निक्षेपकर्ताले खोल्न सक्ने यो मुद्दती योजनामा चाहेको बेलामा जम्मा गरेको रकमको ८० प्रतिशतसम्मको कर्जा उपभोग गर्न सक्ने पनि बैंकले जनाएको छ ।
मुद्दती खाता खोल्ने ग्राहकको ५ लाखसम्मको दुर्घटना बिमा पनि बैंकले नै गर्ने व्यवस्था मिलाएको छ । यसबाहेक मुद्दती खाता खोल्ने ग्राहकले बैंकले भर्खरै ल्याएको प्रिमियम समुन्नति बचत खाताको सबै विशेषताबाट समेत लाभ लिन सकिने बैंकले जनाएको छ ।
हालसम्ममा विभिन्न बैंक तथा वित्तीय संस्थाले सञ्चालनमा ल्याएका विभिन्न मुद्दती खातामा रहेको विशेषताको तुलनामा आकर्षक रहेको दाबी बैंकले गरेको छ ।

हाल बैंकको १८५ शाखा रहेका छन् । बैंकको १८८ एटीएम रहेका छन् । समग्रमा चारवटा एक्स्टेन्सन काउन्टर, तीनवटा ब्रान्चलेस बैंकिङ युनिट र कुल ५ हजारभन्दा बढी रेमिट्यान्स पेमेन्ट एजेन्टसहित ५ हजार ३७८ भन्दा बढी भौतिक सञ्जालमार्पmत बैंकिङ सेवा प्रदान गर्ने मुलुककै सबैभन्दा ठूलो बैंक हुन सफल भइसकेको दाबी गरिएको छ ।
अहिले बैंकको सेवाग्राहीको संख्या १० लाखभन्दा बढी पुगेको पनि विज्ञप्तिमा उल्लेख छ । बैंकको वासलातको आकार १४८ अर्बभन्दा बढी पुगेको छ भने बैंकको कुल कर्जा करिब १०४ अर्ब र कुल निक्षेप करिब १२४ अर्ब पुगिसकेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?