झालाई यामाहाको ५० प्रतिशत ‘क्यास ब्याक’


काठमाडौं : यामाहाका क्यास ब्याक अफरअन्तर्गत जलेश्वरका रतिशकुमार झाले ५० प्रतिशत छुट पाएका छन् ।
झालाई पहिलो स्क्र्याच कोर्दा ५ हजार पाएका थिए भने दोस्रो, तेस्रो र चौथो स्क्र्याचमा उनलाई क्रमशः एयरफिल्टर, कप र पफ्र्युम परेको थियो । अन्तिम स्क्र्याचमा उनले ५० प्रतिशत क्यास ब्याक प्राप्त गरेका हुन् ।
यामाहाले चैतको पहिलो दिनमै आफ्ना ग्राहकका लागि नयाँ वर्षको स्किम ल्याएको थियो । ‘आमन्त्रण’ नाम रहेको यो योजनामा यामाहा ब्रान्डका मोटरसाइकल र स्कुटर खरिद गर्ने ग्राहकले एउटा स्क्र्याच बुक पाउँछन् । जसमा उनले ५ हजार रुपैयाँदेखि ५० हजार रुपैयाँसम्म ‘स्योर सट डिस्काउन्ट’ र सय प्रतिशतसम्म ‘क्यास ब्याक’ पाउने पनि यामाहाले जनाएको छ ।
यो योजनामा अझ धेरै उपहार र फुल क्यास ब्याक भएको यामाहाका मार्केटिङ हेड प्रदीप पोखरेलले बताए । उनका अनुसार स्क्र्याच बुकमा पाँचवटा पाना रहेका छन् । जसमा ग्राहकले पाँच हजारदेखि ५० हजारसम्मको ‘स्योर सट डिस्काउन्ट’, बच्चा र आफूले माया गर्नेका लागि उपहार र सर्भिस डिपार्टमेन्टको तर्फबाट उपहार र शतप्रतिशतसम्म ‘क्यास ब्याक’ पाउन सकिने योजना रहेको छ ।
ग्राहकले माउन्टेन फ्लाइट, पफ्र्युम, टिसर्ट, बेबी हेल्मेट, वाटर बोटल, फ्री सर्भिसिङ र अन्य उपहार पाउने पनि यामाहाले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?