बलिउडमा हिरोइन बन्न धेरै मेहनत गर्नुपर्छः कविना महर्जन


बलिउडको रंगीन संसारमा पछिल्लो समय अर्को नेपाली युवतीले अवसर पाइरहेकी छिन । नेपाली मोडलिङको क्षेत्रमा सक्रिय वानेश्वरकी कविना महर्जनले अभिनय गरेको पहिलो हिन्दी चलचित्र ‘वान नाइट आउट’ प्रदर्शनका लागि तयार भएको छ । यो चलचित्रको रिलिज तयारीसँगै उनले अरु दुई हिन्दी फिल्ममा साइन गरेकी छिन् । बलिउड स्टार रणवीर कपुरसँग स्क्रिन सेयर गर्ने गरी हालै मात्र उनले ‘गान्धी चोक’ नामक चलचित्रमा हस्ताक्षर गरेकी छिन भने तेस्रो लिङ्गीको कथामा बन्न लागेको अर्को हिन्दी चलचित्र ‘उपेक्षा’मा पनि उनी लिड रोलमा देखिदै छिन् । सडक बालबालिकाको लागि बनेको उनी अभिनित चलचित्र ‘वान नाइट आउट’ सामाजिक चलचित्र हो । विगत केही वर्षदेखि बलिउडमा ‘कविना रानी’ को उपनामले उनी चिनिन्छन् । नेपालमा रहँदा स्टेज सो, म्युजिक भिडियो तथा मोडलिङमा सक्रिय थिइन । उनै कविना महर्जनसँग एबीपी नेपाल ले गरेको कुराकानीका केही अंशहरुः
कहिलेदेखि कलाकारितामा लाग्नुभयो ?
सानै (१३ वर्ष) देखि नै कलाकारिता क्षेत्रमा लागे ।
नेपालमा रहँदा के के गर्नुभयो त ?
नेपालमा हँुँदा स्टेज सो प्रोगामहरु गरे, नेपाली म्युजिक भिडियो ४० भन्दा बढी गरेको थिए ।
नेपाली फिल्म पनि खेल्नु भयो कि ?
नेपाली फिल्ममा एक्टिङ गरेको छैन र पछि गर्ने विचार छ ।
अहिले के गर्दै हुनुहुन्छ त ?
अहिले बलिउड एउटा फिल्म रिलिज हुने वाला छ र अर्को दुई वटामा साइन गरेकी छु ।
नेपालबाट कलाकारिता छोडेर किन बलिउडतिर लाग्नुभयो ?
नेपालमा दर्जनौं म्युजिक भिडियोपछि, समाजसेवामा त्यसै अन्तर्गत इन्डियामा नेपाली प्रोग्राम गर्न पुगे र बलिउड फिल्म इन्डिस्टमा फिल्म खेल्ने अफर आयो र निरन्तर लागियोा ।
बलिउड कलाकारितामा लाग्न कतिको गाह्रो छ ?
धेरै गाह्रो छ । मलाई ६ वर्ष लाग्यो इन्डियामा बलिउड इन्डस्टिमा जम्न, धेरै मिहिनेत गरे एक्टिङ प्राक्टिस गरे त्यसपछि ‘वान नाइट आउट’ फिल्म खेले ।
भविष्यको योजना के छ ?
भविष्यमा आफूले सडक बालबालिका लागि स्कुल खोल्ने सपना बोकेछु र समाज सेवा गर्ने, सडक बालबालिकाका लागि स्वास्थ्य सेवा गर्ने योजना छ ।
बलिउड र कलिउड कलाकारिता के फरक छ ?
फरक छ, भाषाको कुरा नेपालीमा नेपालीलाई डाइलग बोल्न सजिलो छ तर नेपालीलाई हिन्दीमा डाइलग बोल्न अलि गाह्रो नै हुन्छ र मेहनत धेरै गर्नु पर्दछ । टेक्नोलोजिमा पनि नेपाल र इन्डियामा धेरै फरक छ ।
बलिउडमा कति वटा फिल्म खेल्नुभयो ?
अहिले एउटा मात्र फिल्म सकिएको छ र जुन फिल्म रिलिज हुने वाला छ ।
अरु कुन कुन फिल्म खेल्दै हुनुहुन्छ ?
अरु दुई वटा फिल्म पनि खेल्दै छु ‘उपेक्षा’ र ‘गान्धी चोक’
बलिउडमा पारिश्रमिक को कस्तो व्यवस्था छ ?
पारिश्रमिक राम्रो छ र समयमा उपलब्ध हुन्छ ।
तपाईले बलिउड फिल्मको चर्चित हिरो रणवीर कपुरसँग फिल्म खेल्न लाग्नु भएको भन्ने छ नि ?
उहाँसँग फिल्म खेल्ने कुरा भइरहेको छ तर सिग्नेचर भइसकेकोे छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?