हँडियामा आगलागी


गाईघाट, उदयपुर: चौदण्डी नगरपालिका– १० स्थित हँडियामा आगलागी भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार बिहान १० बजेदेखि स्थानीयवासी गणेश निरौलाका घरबाट सल्केको आगोले निरौलाको घर पूर्ण रुपमा जलेर नष्ट भएको छ । आगलागी शुरु हुनेबित्तिकै जिल्ला प्रहरी र प्रहरी चौकी हँडियाको प्रहरी शक्ति आगलागी नियन्त्रणका लागि परिचालन गरिएको छ । त्रियुगा र चौदण्डी नगरपालिकाको दमकलसमेत घटनास्थल पुगेर नियन्त्रण गर्दैछ ।
अन्य क्षेत्रमा आगो लाग्न नदिन प्रहरी, दमकल र स्थानीयवासी व्यापक परिचालन गरिएको उदयपुरका प्रहरी प्रमुख नवराज भट्टले बताउनुभयो । निरौलाको घर पूर्ण जलेर नष्ट हुँदा रु २५ लाख बराबरको क्षति भएको अनुमान गरिएको छ ।रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?