आफनै भवनबाट सटिजन्स बैकको बिरगन्ज शाखाको कारोबार


काठमाडौः सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले हाल रहेको कार्यालय भन्दा करिब १५० मिटर दक्षिणमा रहेको रानी सती मन्दिरसँग टाँसिएकोे आफ्नै भवनमा शाखा स्थानान्तरण गरि बैंकिंग कारोबार संचालन गरेको छ ।
बैंकका नायव प्रमुख कार्यकारी अधिकृत गणेश राजपोखरेलले पूजा पाठ गरी बैंकिङ्ग कारोवारको सुरुवात गरेका हुन । करिव ६ हजार वर्ग फीटमा फैलिएको उक्त शाखाको उद्घघाटन समारोहमा जिल्लाका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी , विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजकाअगुवाहरुको उपस्थिति रहेको थियो ।
बैकले ६८ वटा शाखा, ६५ वटा ए.टि.एम. काउन्टर र ९९ वटा शाखा रहित आधुनिक बैंकिङ्ग सेवाबाट करिव ३ लाख ५० हजार ग्राहकहरुलाई सेवा प्रदान गर्दै आएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?