बेल्टार र विराटचोकमा सिद्धार्थ बैंकको शाखा विस्तार


काठमाडौः सिद्घार्थ बैंकले बेल्टारको बेल्टार बजार र मोरङको विराटचोकमा शाखा विस्तार गरेको छ । सोमबार ति दुबै शाखाको एक विशेष समारोहका बीच उद्घाटन गरिएको हो ।
बेल्टार शाखाको उद्घाटन प्रदेश नं. १, उदयपुर जिल्लाको निर्वाचन क्षेत्र नं. १ का सासंद बिमल कार्की तथा उदयपुर जिल्लाको चौदन्दिगढी नगरपालिकाका मेयर खगेन्द्र राईले संयुक्त रुपमा गरेका हुन । विराटचोक शाखाको उद्घाटन सुन्दर हरंैचा नगरपालिकाका मेयर शिवप्रसाद ढकाल तथा बैंकका संचालक नरेन्द्र कुमार अग्रवालले संयुक्त रुपमा गरेको पनि बैकले जनाएको छ ।
उक्त शाखाहरुबाट बैंकका अन्य शाखाहरुबाट जस्तै गा्रहकले सबै प्रकारका निक्षेप तथा कर्जा कारोवार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा प्राप्त गर्न सक्नेछन । यी शाखाहरुबाट स्थानीय स्तरमा बैकिङ्ग पहुँच बढ्न गई स्थानीय बचत परिचालन, उद्यमशीलताको वृद्घि जस्ता आर्थिक गतिविधि बढ्ने र यी स्थानका व्यवसायी तथा सर्वसाधारणले बैंकले प्रदान गर्दै आएको उच्चस्तरीय सेवाबाट लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?