रेनोको ‘रेनो रेनोत्सव’ अफर


काठमाडौः रेनोको नेपालकोलागि आधिकारीक वितरक एड्भान्स अटोमोवाइल्स प्रालिले ‘रेनो रेनोत्सव’ योजना सार्वजनिक गरेको छ ।
नयाँ बर्ष २०७५ लाई मध्येनजर गर्दे सो योजना सार्वजनिक गरिएको हो । यस योजनामा रेनोको कार खरिदगर्ने सोच बनाएर बसेका ग्राहकलाई लक्षित गरेर बिभिन्न छुटका योजना र आर्कषक सुविधाको अफर ल्याइएको छ ।
रेनोले नयाँ बर्षलाई खुसी र उल्लासमय बनाउन ल्याएको अफरमा लोड्जी मोडलमा ५ लाख रुपैया सम्मको छुटको अफर छ । डस्टर खरिदमा ३ लाख १० हजार र क्विड खरिदमा १ लाख ८० हजार रुपैया सम्म छुट दिने कम्पनीले जनाएको छ ।
यसका अलावा ५ बर्षसम्म निःशुल्क सर्भिस, ३ बर्षको निःशुल्क सवारी साधन कर, फाईनान्स सुबिधा र आर्कषक मूल्यसहितको एक्स्चेन्ज सुबिधा उपलब्ध गराउने पनि कम्पनीद्वारा जारी बिज्ञप्तिमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?