लायन्स क्लब काठमाण्डौं के.सी


काठमाण्डौंः लायन्स क्लब अफ काठमाण्डौको नवौं साधारण सभाले लायन बर्ष २०१८/१९ को नयाँ कार्य समिती चयन गरेको छ । नयाँ कार्य समितीमा लायन बिष्णु के.सी. अध्यक्षको पदमा निवाचित भएका छन । प्रथम उपाध्यक्षमा शान्ता पन्त, दोस्रो उपाध्यक्षमा चित्र बहादुर कुटल बिष्ट, तेस्रो उपाध्यक्षमा दयाराम कार्की रहेका छन ।सचिवमा शालिकराम बेलबासे र कोषाध्यक्षमा गोकर्ण पौडेल निवाचित भएका छन ।
संस्थाले बिगत ४६ बर्ष देखि नेपालमा सेवा गर्दै आएको क्लबका पुर्व अध्यक्ष तथा हालका जोन चेयर पर्सन लायन बासु रिजालले बताए । नेपालमा बिषेश गरि आँखा, रुवेला तथा स्वास्थ्यको क्षेत्रमा कार्य गर्दै आएको र यसलाई अझै बढि प्रभावकारी ढंगले अगाडी बढाउनु पर्ने लायन्स क्लब अफ काठमाण्डौ गौरवका संस्थापक अध्यक्ष लायन बिजय चन्द्र आर्चायले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?