इयू सदस्य राष्ट्रद्वारा ग्रीसको ५.७ अर्ब यूरो दिने


ब्रसेल्स, बेल्जियम: यूरोपेली यूनियन (इयू)का सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक सङ्कटबाट उठाउन पहिलो किस्ता वापत बुधबार ५.७ अर्ब यूरो उपलब्ध गराउने भएका छन् । कारोबारको माध्यम यूरो बनाएका इयूका १९ वटै सदस्य राष्ट्रले आर्थिक सङ्कटबाट पार लगाउन विभिन्न दिन सहमत किस्तामध्येको यो पहिलो किस्ता हो । यसले ग्रीसलाई यस बर्षभित्र जमानत कार्यक्रमबाट फिर्ता हुने बाटोलाई सहज बनाउने अपेक्षा गरिएको छ ।
यूरोको प्रचलन रहेका सदस्य राष्ट्रले ग्रीसलाई आर्थिक मन्दीबाट बाहिर ल्याउन सन् २०१० पछि ल्याएको तेस्रो राहत कार्यक्रम अन्तर्गतको पहिलो किस्तास्वरूप ५.७ अर्ब यूरो पु¥याउनका लागि तोकिएको आफ्नो भाग उपलब्ध गराउन यही बर्षको जनवरीमा सहमति जनाएका थिए । बाँकी एक अर्ब यूरो भने ग्रीसले अन्तिम सुधारको काम नगरेसम्म रोकिने र मेभन्दा पहिले नदिने दाताहरूले जनाएका छन् । एएफ्पी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?