नेटोद्वारा रुसी पूर्व कुटनीतिज्ञको घटनाबारे छिट्टै निर्णय लिने


ब्रसेल्स, बेल्जियम: उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) प्रमुख जेन्स स्टोल्टेनवर्गले रुसका पूर्व कूटनीतिज्ञ सेर्गेई स्क्रिपाल र उहाँकी छोरी युलिआको हत्या प्रकरणमा रूस नै दोषी रहेको आरोप लगाउँदै यसबारे मङ्गलबार उपयुक्त कदमसहित अघि बढ्ने बताउनुभएकोे छ । रूसका पूर्व कूटनीतिज्ञलाई हत्या गर्ने षड्यन्त्र अनुसार उहाँ बेलायतमा रहेका समय रूसमा बन्ने नोभिचोक नामक बिषादीलाई नसाबाट दिइएको यूरोपेली मुलुक तथा अमेरिकाको आशङ्का रहेको छ ।
स्क्रिपाल तथा उहाँकी छोरीमाथिको आक्रमणबाट निम्तिएको समस्या र यस बिषयमा इयूका अधिकांश सदस्यसहित अमेरिकाले लिएको कदमपछि नेटोले पनि आफ्नोतर्फबाट थप निर्णयहरूको घोषणा गर्ने स्टोल्टेनवर्गद्वारा हस्ताक्षरित संक्षिप्त विज्ञप्तिमा जनाइएको छ । यसै बिषयमा विश्वका करिब २४ राष्ट्रले करिब १०० जना रूसी कूटनीतिज्ञलाई फिर्ता पठाउने निर्णय गरिसकेका छन् । यो दोस्रो विश्वयुद्धपछि यूरोप तथा अमेरिकासहितका मुलुकले रूसविरुद्ध लिएकोे पहिलो कडा प्रतिक्रिया भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले बताएका छन् । (एएफ्पी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?