कतार एयरवेजको ग्रिस उडान गर्ने बारे अन्तरक्रिया


काठमाडौँः कतार एयरवेजले ग्रीसको दोस्रो ठूलो शहर थेस्सालोनिकी सम्म उडान भर्ने भएको छ । उडानको शुभारम्भ मनाउन, कतार एयरवेजका कन्सुलर बिक्रम पाण्डे र प्रबन्धक जयप्रकाश नैयरको उपस्थितीमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नैयरले एयरलाइन्स मजबूत विस्तार योजनालाई पनि उल्लेख गरे । नेपालमा ग्रीसबाट अधिक यात्री ल्याउने र थेस्सालोनिकीलाई दोहाको हमाद अन्तरराष्ट्रिय विमानस्थल मार्फत आफ्नो विश्वव्यापी नेटवर्कमा जोड्ने प्रतिबद्धता व्यक्त गरे ।
‘ग्रीसको हाम्रो दोस्रो गन्तव्य थेस्सालोनिकीमो साप्ताहिक रुपमा ४ उडान सेवा सुरु गर्न निकै उत्साहित छौँ । एथेन्समा ३ दैनिक उडानसँगै हामीले ग्रीसमा बढ्दो मागको महसुस गर्यौँ’ उनले भने । कतार एयरवेजले २०१७÷१८ मा अकल्याण्ड, न्यूजील्याण्ड; डबलिन, आयरल्यान्ड गणतन्त्र; नीस, फ्रान्स; प्राग, चेक गणतन्त्र; चियांग माई, थाईल्याण्ड र पेनांग, मलेसियाजस्ता नयाँ रोमाञ्चक स्थलहरू आफ्नो नेटवर्कमा थपेको छ । एयरलाइनले विस्तार योजनाअन्तर्गत २०१८ मा कार्डिफ, बेलायत; र मालागा, स्पेनसहित धेरै गन्तव्य आफ्नो विश्वव्यापी मार्गमा थप्ने प्रक्रिया जारी राखेको विज्ञप्तिमा उल्लेख छ ।
कतार एयरवेजले १५० भन्दा बढी स्थलबाट आफ्ना यात्रीसँग गोइङ प्लेसेस टुगेदरको २० वर्ष उत्सव मनाउँदै छ । एयरलाइन्सले २०१७÷१८ मा थेस्सालोनिकी, ग्रीस सहित पेनांग, मलेसिया र कार्डिफ, बेलायत तथा अन्य धेरै रोमाञ्चक नयाँ स्थानहरू यसको बढ्दो नेटवर्कमा थप्दै आफ्नो २०० भन्दा बढी आधुनिक एयरक्राफ्टमा यात्रुहरूलाई उडाउँने योजना बनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?